• २०८१ मङ्सिर २३ गते आइतवार

पिएसजीको लगातार आठौं जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं ।  फ्रेन्च लिग वान फुटबलमा पिएसजीले लगातार आठौं जित निकालेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा इड्रीसा गुएय र जुलियन ड्राक्सलरले एक एक गोल गरेका थिए। गुएयले खेलको १४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने ड्राक्सलरले खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेका थिए।

घुँडामा समस्या भएका कारणा लियोनल मेस्सी पिएसजीको यस खेलमा पनि खेलेका थिएनन्। उनी अघिल्लो खेलमा पनि अनुपस्थित थिए।

यो जितपछि पिएसजीको ८ खेलमा २४ अंक भएको छ र लिगको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस