• २०८१ फाल्गुन ७ गते बुधवार

१ थान भरुवा बन्दुक सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ १०, कैलाली । प्रहरीले १ थान भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने ५० वर्षीय गंगाराम जैशीलाई १ थान एक नाले भरुवा बन्दुक सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गंगाराम सेतीखोर गाउँको जंगलमा भरुवा बन्दुक सहित हिँडिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस