• २०८१ असोज २२ गते मङ्गलवार

थप ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि, २५ संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११,काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार २७२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३९१ जना र ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३८ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६८६जना कोरोनामुक्त भएसंगै देशभर १ हजार ६८६ जना निको भएर घर फर्किएका छन् । २५ को मृत्यु

प्रतिक्रिया दिनुहोस