• २०८१ माघ २ गते बुधवार

चोरीका कार र मोटरसाइकलसहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ११, काठमाडौँ। चोरी पैठारी गरी ल्याएका सवारि साधन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर मैरी फाँटा नगरपालिका(५ ठेगाना भई काठमाडौँ महानगरपालिका( ४ चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुर नगरपालिका(२ बस्ने ३३ वर्षीय कृष्ण बहादुर रोकाय रहेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भारतबाट सवारी साधन चोरी गरी ल्याई विक्री भईरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट प्रदेश ३-००२३-७६२६ नम्बरको १ थान कार, बाग्मती प्रदेश -२९६२ प १८ र बाग्मती प्रदेश २-१९ प ७२३७ नम्बरका २ वटा रोयल इन्फिल्ड मोटरसाइकल र बाग्मती प्रदेश २-१९ प ७५३७ नम्बरको १ थान केटिएम आरटी मोटरसाइकल गरी जम्मा ४ थान सवारी साधन प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस