• २०८१ बैशाख ६ गते बिहिवार

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौँ । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।

चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ । रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ । कक्षा १२ नियमित, आंशिक/ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्नेछन् । यसैगरी कक्षा ११ को आंशिक/ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका)ले फारम बुझाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस