• २०८२ बैशाख ९ गते मङ्गलवार

संसद विघटन र निर्वाचन घोषणा अविलम्ब खारेजी गर: नेपाल बार एशोसियसन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । कानून व्यसायीहरूको छाता संगठन नेपाल बार एशोसियसनले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालाई असंवैधानिक निर्णय भन्दै अविलम्ब खारेजीको माग गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणी पौडेलले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनको प्रक्रिया पूरा नगरी प्रतिनिधिसभा विघटन गर्दा संविधान नै संकटमा परेको बताएका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि विपक्षी गठबन्धनले गरेको दावीलाई अनदेखा गरी केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने कार्य बदनियतपूर्ण रहेको पनि बारको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस