• २०८२ बैशाख ५ गते शुक्रवार

बैतडीमा मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, बैतडी। मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१, कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए । बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस