• २०८१ चैत्र ३ गते सोमवार

थप ३५५६ जनामा कोरोनासङ्क्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा ३५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ ।

आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस