• २०८१ फाल्गुन ७ गते बुधवार

मनमोहन अधिकारीको २२औँ स्मृति दिवस मनाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवस आज मनाइएको छ । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष एवं प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि दिएर स्मृति दिवस मनाइएको हो ।

कोभिड–१९ को जोखिमका कारण औपचारिक कार्यक्रम नराखिए पनि ललितपुरको सानेपास्थित मनमोहन प्रतिष्ठानमा रहेको अधिकारीको सालिकमा माल्यार्पण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अधिकारीको सालिकमा माल्यार्पण गर्नुभएको हो । एमालेका महासचिव पोखरेलले अधिकारीले स्थापित गर्नुभएको आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको स्मरण गर्नुभयो । नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको स्मरण गर्दै पोखरेलले आगामी दिनमा नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्तालाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान होस् भन्ने कामनासमेत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस