वैशाख १३, काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्क बस्ने ३० वर्षीय कुल बहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।बरामद खपेटा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको उक्त व्यूरोले जनाएको छ ।