• २०८१ साउन ३ गते बिहिवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १३, नवलपरासी- पूर्व । गैंडाकोट नगरपालिका-१६ बेल्डिया बस्ने डिलाराज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ७ सय २० नेपाली रुपैयाँ, ९ हजार ५ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस