चैत १३ मुगु । मुगु भन्ने बित्तिकै पर्यटकको सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बालिको भण्डार भनेर चिनिन्छ । यहा विभिन्न प्रकारका दर्जनौ पर्यटकिय स्थलहरु रहेका छन् भने रैथाने बालिको पनि उत्तिकै सम्भावना रहेको क्षेत्र रहेको हो । यहा आउने जो सुकै पर्यटकले एक पटक यहाँको पर्यटन स्थालहरुको अवलोकन गर्ने र अर्गानिक खाना पान रुचाउछन् ।
र नखाएर पनि कोही बाहिरीएका छैनन प्राय सबै यहाँको अर्गानिक बस्तु चाकेर र पर्यटक स्थलहरु घुमेरै जान्छन् । अर्को कुरा यहाँ भित्रिने प्राय पर्यटकहरु रारा ताल लाई मात्र विशेष प्राथमिकतामा राखेर आउन्छन यहा रारा मात्रै छैन रारा जस्तै दर्जनौ पर्यटक स्थलहरु रहेका छन् । यस्तै पर्यटकहको थप आर्कष्ण बढाउन मुगुमा सामुदायिक हामेस्टेहरु पनि सञ्चालनमा रहेका छन् ।
तर अहिले यि होमस्टेहरु पर्यटकको पर्खाईमा रहेका छन् । मुगु जिल्लामा एक नगरपालिका सहित तीन गाउपालिका गरि चार स्थानीय तह रहेका छन् । ति मध्ये बढि पर्यटकीय स्थलले भरी पूर्ण रहेको स्थानीय तह हो मुगुम कार्मारोगं गाउपालिका । यस गाउपालिकाको वडा नं ८ मा रहेको माग्री गाउमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन् ।
ब्यावसायमा चौपटमा
तर पछिल्लो समय सामुदायीक होमस्टेमा पर्यटक नआउदा हिजो आज सुनसान अवस्थामा रहेका छन् । माग्री गाँउमा केही बर्ष पहिला सन्चालन गरिएका २ दर्जन भन्दा बढी सामुदायिक होमस्टे हिजो आज पर्यटकहरु नआउदा व्यवसाय चौपटमा परेको छ । बिगतका वर्षहरुमा होमस्टेमा ओईरो लाग्ने गरेका पर्यटक आज भोलि पुग्न सकेका छैनन । पहिला रारा घुम्न आउने पर्यटकहरु एक अवश्य पनि मुगमकामारोङ्ग गाँउपालिकामा रहेका कोईकि हिमाल, छायानाथ मन्दिर, तिहार गुम्वा, ऋणमोक्ष मन्दिर, त्यहाको लामा समुदायको रितिरिवाज, चाल चलन, सास्कृतिक लगायत अन्य पर्यटक स्थलहरुमा अवलोक गर्न सकिन्छ ।
त्यो सँगै जङ्गलि जनावर ,बन्यजन्तु , बनस्पति आदिको अवलोकन र घुम्न आउर्ने पर्यटकहरुलाई बास बस्न निकै सकस पर्ने हुदा पछिल्लो समयमा पर्यटकहरुलाई लक्षित गरि माग्री गाँउमा बनाईएका लाखौ मुल्यका सामुदायिक होमस्टेहरु बन्द भई व्यवसाय पनि चौपटमा परेको सामुदायिक होमस्टे सञ्चालक पेमाकुन्साङ्ग तामाङ्गले बताईन ।
कोरोनाले खायो होमस्टे लाई
बिषेश गरि बिश्व महामारिका रुपमा फैलिएको कोरोनाले बिश्व लकडाउनमा भएको बेला नेपाल सरकार बाट २०७६ साल चैत्र ११ गते बाट लकडाउन भए पश्चात पूर्ण रुपमा होमस्टे बन्द भएका छन । लाखौ मुल्यका सञ्चालक भएका होमस्टेहरुको लगानी खेरा गएको छ । साहुको ऋण गरेर हेमस्टे सन्चालन गरेका सञ्चालकहरु लाई आज भोलि त्यो ऋण तिर्न पनि सास्ती भएको तामाङ्गले बताईन ।
उनले भनिन सावाँ त कहिले तिर्ने हो निसितै छैन । कमाई पनि भएन । राज्यले पनि हामि लाई कुनै सेवा सुबिधा नदिएको हुनाले सामुदाय हेमस्टे सन्चालन गर्न गाह्रो भएको तामाङ्गको भनाई रहेको छ ।
रैथाने बालि पहिलो प्राथमिकतामा
उक्त होमस्टेमा बास बस्न आउनेहरु लाई आरमदायी बास संगै स्थानिय उत्पादन फापर , कोदाको रोटि , सिस्नो , नाफल , आलु , कागुनो , चिनो बाट बनाईएका ढिडो, रोटी, भात, खुवाउर्ने र स्थानिय सास्कृतिक रितिरिवाजको प्रदशर्नि समेत देखाउर्ने गुम्बा, मठ मन्दिर, हिमाल, बन्यजन्तु, बनस्पतिको अवलोकान समेत गराउर्ने स्थानिय होमस्टे सन्चालकहरुको बुझाई रहेको छ ।