• २०८१ चैत्र १० गते सोमवार

केन्द्रीय सदस्यमा सम्पर्क समन्वय कमिटीवाट कल्पना थापा सर्वसम्मत हुने सम्भावना !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा विभिन्न पदको लागि आकाक्षीहरु धेरै भएका छन । यस्तै उक्त दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेशका लागि धेरै आकांक्षी भएपछि नेतृत्वलाई समन्वय गर्न संकट परेको छ नै तथापी एमालेले पदाधिकारीमा जसरी पनि सर्वसम्मत गराउने र केन्द्रीय सदस्यमा चुनाव गराउने गरी तयारी गरेको नेताहरु बताउँछन् ।

सर्वसम्मत या चुनावी प्रकृया जे भएपनि अहिलेको अवस्थामा नेकपा एमालेलाई जसरी पार्टी संगठन गर्ने अवसर जुटेको छ त्यसरी नै ब्यबस्थापनमा चुनौतीका पहाडहरु पनि नतेर्सिएका होइनन । जसनुरुप एमालेको विशेष प्रभाव रहेको मानिने सम्पर्क समन्वय कमिटीलाई यो पटक एक महिला र एक पुरुष गरी दुईजना दिइएको छ ।

यो पटक केन्द्रिय सम्पर्कलाई दुई सीट छुट्याइएकोमा महिला तर्फको अहिले सम्मको शशक्त उम्मेद्वार कल्पना थापा रहेको बताइन्छ । थापाले यस अघि लामो समय सम्म गण्डकी सम्पर्कको पदाधिकारी रही शशक्त भूमिका निर्बाह गरी सकेको र हाल सम्पर्क समन्वय कमिटी सदस्य रही गण्डकी प्रदेश सम्पर्क कमिटीको इन्चार्ज भई काम गर्नुको साथै आर आर क्यम्पसको पूर्व स्ववियु सहसचिब भएको हुनाले पनि उहांको केन्द्रीय सदस्यको पद सर्वसम्मत हुने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस