• २०८१ फाल्गुन ७ गते बुधवार

कक्षा १२ को नतिजा मङ्सिर २० भित्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ ।

नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताउनुभयो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस