कात्तिक ८, काठमाडौं । काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सोमबार एक सूचना जारी गर्दै काठमाडौँका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ ।