• २०८१ फाल्गुन ५ गते सोमवार

कांग्रेस नेता पहिरापीडितको घरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, बैतडी । नेपाली कांग्रेसका नेता कार्यकर्ता पहिरापीडितको घरमा पुगेका छन् । पीडितको अवस्था बुझ्न, राहत वितरण गर्न र सरकारसँग थप राहतको माग गर्न यहाँका कांग्रेस नेता कार्यकर्ता पहिरापीडितको घर–घरमा पुगेका हुन् ।

जिल्ला सभापति नरेन्द्रसिंह थापा, नेता चतुरबहादुर चन्द, रमेश पाण्डेय, प्रेम चन्द, देवराज जोशी, दशरथसिंह चाड, पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द, नेता शिवराज भट्ट, सुरेन्द्र ऐर, हीरा चन्द, कृष्णबहादुर चन्द, रवीन्द्रबहादुर चन्दलगायतको टोली पीडितको घरमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस