• २०८० चैत्र १६ गते शुक्रवार

हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, सुनसरी । प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ । प्रहरीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सामान्य घरायसी बादबिबाद हुँदा अधिकारीले छुरा प्रहार गर्दा थापा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो । उपचारको लागि घोपा धरान लैजाने क्रममा थापाको मृत्यु भएको थियो । साथै पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस