• २०७९ असोज ९ गते आइतवार

प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राख्नुभएको थियो तर प्रदीप नेपालले आफ्नो नाम केन्द्रीय सदस्यमा राखेको भन्दै आफू तटस्थ भएको बताउनुभएको थियो ।

यद्यपि प्रदीप नेपालले आफू माधवकुमार नेपालको पक्षमा रहेको बताउनुहुँदै बुधबार पार्टी सनाखतका लागि आयोगमा आउनुभएको हो । सनाखतका लागि नेपाल समूह चन्द्रागिरीबाट सिधै आयोगमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस