• २०८० फाल्गुन १२ गते शनिवार

पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ९, महाेत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ । घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ । आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

सेवाग्राहीसँग रु. ५,०००।– घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले बरिष्ठ हवल्दार साह तथा जिल्ला महोत्तरी गौशाला नगरपालिका बस्ने राम आशिष साहलाई रु. ५,०००।– (पाँच हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा उक्त रकमसहित गौशाला नगरपालिका बडा नं. ४, निगौल चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस