भदौ ९, बाँके । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेको २०७६ असार ११ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ७ दिन कैद ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।