• २०८१ माघ २ गते बुधवार

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका-९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त डान्सवार जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै दाङ, घोराही उपमहानगरपालिका-१४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले कास्की, पोखरा महानगरपालिका-१७ हिमाली टोल बस्ने सोही महानगरपालिका-२६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस