• २०८० चैत्र १६ गते शुक्रवार

कांग्रेसले अक्षम्य भुल गर्यो: नेता कोइराला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा भएको मन्त्रिपरिषद बिस्तारलाई सच्याउन माग गर्दै प्रदेशको मन्त्रिपरिषद् विस्तामा पार्टीले अक्षम्य भुल गरेको बताउनुभएको छ ।

तनहुँका सांसद डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने सूचीबाट अन्तिम समयमा नाम हटाएर अर्कै सांसद मन्त्री बन्नुभएको थियो । डोबाटे मन्त्री बन्ने भने पनि पछि कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री हुनुभएको थियो । डोबाटे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुनुहुन्छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले थापालाई मन्त्री बनाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आग्रह गरेपछि अन्तिम समयमा डोबाटेको नाम मन्त्रीबाट हटाइएको स्रोतको दाबी छ । दलित समुदायप्रति अपमान हुने गरी डोबाटेको नाम हटाइएको केन्द्रीय सदस्य शेखर कोइरालाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न । तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भुल हो । दलित समुदायप्रतिको अपमान हो । सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको छ। त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ ।

प्रतिक्रिया दिनुहोस