• २०८१ माघ २ गते बुधवार

माधव पक्षलाई ओलीको आग्रह : भ्रमबाट मुक्त भएर पार्टीमा फर्किनुस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०,काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गरेका छन्। पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन उनले आग्रह गरेका हुन्।

नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाए।

अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले  आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बनाइदिएको आफू र पार्टीले देखिएरहेको बताए। ‘आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामीले देखिरहेका छौं। यो लोकतन्त्र, राष्ट्रियता र देशविरोधी अपराध हो। इतिहासले यस्ता खालका अपराधलाई कहिल्यै क्षमा दिँदैन’ उनले भने।

यद्यपि, अब पार्टीका नेतालाई गल्ती नगर्न र  गल्ती गरे पार्टीले कारबाही गर्ने उनको भनाइ छ। ‘पार्टीविरोधी तत्वहरू अहिलेसम्म पार्टी फुटाउन र सरकार ढाल्न सफल भएको र अहिले देश धेरै अप्ठेरो अवस्थामा पुगेको उनले बताए। ओलीले पार्टी र देशको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस