काठमाडौं, १० साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिवार आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेकोमा रावलले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत रावलले दाहालको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ भनेका छन् । उनले माओवादी अध्यक्ष दाहालले एमाले विभाजन गर्न खोजेको आरोप समेत लगाएका छन् ।
रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको समेत उल्लेख गरेका छन् ।
एमसीसी लगायतका राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति नभएको रावलको जिकिर छ