• २०८१ चैत्र १३ गते बिहिवार

आफ्नै कार्यकर्ताद्वारा डा. बाबुराम भट्टराईको पुत्लादहन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, धनुसा । जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताद्वारा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुत्लादहन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका जसपाका वरिष्ठ नेतासमेत रहनुभएका डा. भट्टराईको पुत्ला उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहको अगुवाइमा जसपाकै नेता कार्यकर्ताले जलाएका हुन् ।

हिजो साँझ जनकपुरधामस्थित तपसी चौकमा जसपाका नेता कार्यकर्ताले पुतला जलाएका थिए । वडाध्यक्ष साह पनि स्वयं जसपाबाटै निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ ।

नेता भट्टाराईले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा वक्तव्य दिएपछि आफूहरूले उनको पुतला दहन गरेको वडाध्यक्ष साहले बताउनुभयो । सरकारले मधेशी नागरिकको माग गर्दै आएको नागरिकता सम्बन्धी अध्यादेश जारी गरेर पूरा गरिएको भन्दै उहाँले यसको विरोध गर्नु मधेश विरोधी कृयाकलाप रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस