• २०८१ चैत्र १० गते सोमवार

ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने निणर्य गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस