• २०७९ मङ्सिर १७ गते शनिवार

सरकारको निर्णयप्रति बाबुरामको कटाक्ष : ‘पोहोर मरिन् सासु, अहिले आयो आँसु’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं। पूर्व माओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’ का रूपमा सम्मान गर्ने सरकारको निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गर्नुभएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका शहीद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयप्रति पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ‘पोहोर मरिन् सासु, ऐले आयो आँशु’ भन्दै कटाक्ष गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ। ‘पोहोर मरिन् सासु ऐले आयो आँसु’रुमेरो पालामा जारीत्च्ऋर वेपत्ता सम्बन्धी आयोगको अध्यादेश,द्वन्दपीडितलाई रू५लाख नगद प्लस रू ५लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र,बहिर्गमित लडाकुलाई रू २ लाख राहत आदि पछिल्ला सरकारले किन रोकेको रु ऐले गोहीको आँस चुहाउॅदै उधारो समिति गठन रु त्च्ऋटार्ने मेसो रु

मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेको समितले सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहिद भएकाका परिवार, बेपत्ता पारिएकाका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित, घाइते, विस्थापित, अपांगता भएकाहरूकाको विवरण संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस