पौष ९,काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता भएको छ ।
शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र सम्वादपछि उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।