कात्तिक ७, कपिलवस्तु । भारतको जगन्नाथ पुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन गर्नुभएको छ । आज साँझ कक्रहवा हुँदै नेपाल प्रवेश गर्नुभएका शङ्कराचार्यले मायादेवी मन्दिर र लुम्बिनी क्षेत्रको भ्रमण गर्ने सदिच्छा राखेको भए पनि स्वास्थको कारण गाडी पुग्ने ठाउँसम्म पुगेर फर्केको धर्मसभा आयोजक समितिका संयोजक कृस्नप्रसाद शर्माले बताउनुभयो ।
शङ्कराचार्यले बुद्ध जन्मस्थलमा अवलोकन गर्न पाउँदा खुशी लागेको बताउनुभएको ब्यासचार्य किशोर गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “जगतगुरुले बुद्ध जन्मस्थल अवलोकन गर्नुभयो । उहाँ खुशी हुनुभएको छ । शङ्कराचार्यले बुद्ध जन्मस्थलको अवलोकन गरेर बौद्ध धर्म र संस्कृतिप्रति उच्च सम्मान व्यक्त गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले बताउनुभयो ।
शङ्कराचार्यलाई लुम्बिनीमा उपाध्यक्ष भिक्षु मेतेयाले स्वागत गर्नुभएको थियो । लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आाउनुभएका उहाँ सोमबार भैरहवास्थित महेन्द्रसभागृहमा आयोजित धार्मिकसभामा सरिक हुने कार्यक्रम रहेको छ । आचार्य गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान् ॐ कार परिवारका सबैलाई सहभागी हुने बताउनुभयो ।