• २०८१ असोज १ गते मङ्गलवार

हिसान गण्डकीका अध्यक्षमा बराल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, कास्की । उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) गण्डकी प्रदेशको अध्यक्षमा रमाकान्त बराल निर्विरोध चयन हुनुभएको छ ।सङ्घको पोखरामा शनिबार साँझ सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले उहाँका अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो । सङ्घीयताको कार्यान्वयनपछि हिसानले पहिलोपटक प्रादेशिक सम्मेलनमार्फत नेतृत्व चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा रामजी शर्मा (कास्की), उपाध्यक्ष छविलाल कँडेल (नवलपुर), सचिव डा पुण्यप्रसाद पौडेल (कास्की), कोषाध्यक्षमा राजेन्द्रमणि पौडेल (कास्की), सहसचिवमा बालाकृष्ण शर्मा (बाग्लुङ) र सहकोषाध्यक्षमा प्रताप कोइराला (नवलपुर) चयन हुनुभयो । यसैगरी सदस्यमा कमलराज सापकोटा (कास्की), लीलानाथ काफ्ले (तनहुँ), जनक केसी (गोरखा), धनबहादुर थापा (कास्की), लीलावती प्रधान (कास्की) र दीपक शर्मा मरासिनी (स्याङ्जा) रहनुभएको छ ।

सल्लाहकारमा शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी, बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्र केशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन हुनुभयो । आमन्त्रित सदस्यमा डा त्रिभुवन शर्मा पौडेल हुनुभएको हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।नवनिर्वाचित अध्यक्ष बरालले निजी विद्यालय तथा कलेजको लगानी संरक्षण तथा शैक्षिक गुणस्तर कायम गर्नका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हिसानको पहिलो प्रदेश अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस