भदौ ८, काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ । उनलाई प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत बनाईएको छ ।
यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो ।