• २०८१ मङ्सिर २२ गते शनिवार

यूरोपमा १२ देखि १७ वर्ष उमेर समूहलाई मोडर्नाको खोप लगाउन अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ९ साउन । यूरोपीयन युनियनको शीर्ष मेडिकल अङ्गले १२ देखि १७ वर्षका बालबालिकाहरूलाई मोडर्नाको खोप लगाउन अनुमति प्रदान गरेको छ ।

यसअघि यूरोपियन मेडिकल एजेन्सी (ईएमए) ले मेमा फाइजरको खोपलाई यस उमेर समूहका लागि अनुमति प्रदान गरेको थियो ।

ईएमएले स्पाइकभ्याक्स खोपलाई १८ वर्ष उमेरभन्दा माथिका लागि जस्तै १२ देखि १७ वर्ष उमेर समूहमा प्रयोग गर्न सकिने बताएको छ । उनीहरूलाई पनि ४ हप्ताको अन्तरमा खोपको दुई डोज दिइनेछ ।

ईएमए का अनुसार खोपलाई अनुमति दिन अघि १२ देखि १७ वर्ष उमेरका ३ हजार ७३२ जनामा यसको प्रयोग गरिएको थियो । यसमा सकारात्मक परिणाम प्राप्त भएको उनीहरूको भनाइ छ । सबैको शरीरमा उल्लेख्य मात्रामा एन्टीबडी निर्माण भएको पाइएको ईएमएको भनाइ छ ।

उता, फाइजरले १२ वर्षभन्दा कम उमेरकामा पनि खोपको परीक्षण सुरु गरेको छ । विश्वका चार देशका ४५ सयभन्दा बढीमा यसको प्रयोग गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस