• २०८१ फाल्गुन ७ गते बुधवार

धरान उपमहानगरपालिकाको बजेट दुई अर्व तीन करोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि दुई अर्व तीन करोड ६४ लाखको बजेट ल्याएको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले उपमहानगरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै धरानको कुल २ अर्ब ३ करोड ६४ लाखको बजेट नगरसभामा पेस गर्नुभएको हो ।

यो बजेट चालू आर्थिक बर्ष २०७७/०७८ भन्दा करिब ३१ करोड बढी हो । चालु आर्थिक वर्षको बजेट १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ४० रहेको थियो । आगामी आर्थिक वर्षको बजेटमा धरानको २० वटा वडाको लागि २८ करोड बजेट विनियोजन गरिएको जनाएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ करोड बढी हो । मेयर कोषमा १ करोड २० लाख, मर्मत कोषमा ५० लाख, आकस्मिक कोषमा ३० लाख विनियोजन गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख र विपद व्यवस्थापन कोषमा १ करोड बजेट विनियोजन गरिएको छ । कोभिड १९ को असरले राजश्वको संकलन लक्ष्य अनुरुप हुन नसकेको र आन्तरिक स्रोतबाट संकलन हुने आय कम भएकोले यो वर्ष बजेटमा अनुत्पादक क्षेत्रको खर्चलाई कटौती गर्ने नीति अबलम्बन गर्दै विगतमा भन्दा कम बजेट विनियोजन गरी बजेट बनाउने प्रयास गरिएको उपमहानगरले जनाएको छ ।

यसैगरी, पर्यटनमा ३५ लाख, युवा तथा खेलकुदमा १ करोड बजेट विनियोजन गरिएको छ । नगरस्तरीय ६३ वटा आयोजनाहरुको लागि १८ करोड ३१ लाख विनियोजना गरिएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै धरानलाई प्रदेश नं १ मा शिक्षा, स्वास्थ्य, पर्यटन र बहु सँस्कृति आवसीय शहरको रुपमा विकास गर्ने नीति पनि अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस