• २०८१ कार्तिक २३ गते शुक्रवार

राष्ट्रिय युवा संघद्वारा मनाङका बाढी पिडितलाई १५ लाखको राहत वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले विकट जिल्ला मनाङ पुगेर करिव १५ लाख बरावरको राहत सामाग्री वितरण गरेको छ । केही समय अघि आएको बाढिपहिरोका कारण मनाङको तालमा करिव ७० घर परिवार प्रभावित भएका स्थानमा दुई दिनको यात्रा पछि संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा राहत वितरण गरिएको हो ।

संघले मनाङका बाढी तथा पहिरोबाट प्रभावित जनसमुदायलाई १५ लाख भन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गरेको छ । जसमा १२ लाख बरावरको राहत सामाग्रीहरु रहेका छन् भने करिव तीन लाख नगद रहेको छ । राहत सामग्रीहरुमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्ल्याङकेट लगायत रहेका छन् ।

राहत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष पौडेलसहित उपाध्यक्षहरु अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य, उपहासचिव रामजी सापकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत रहुनभएको छ । टोलीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँबानेश्वरबाट बिदाई गर्नुभएको थियो ।

https://khabar24nepal.com/06/23/2021/75918

प्रतिक्रिया दिनुहोस