• २०८२ बैशाख ७ गते आइतवार

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, सिन्धुली । सुनकोशी गाउँपालिका-१ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरबाट काभ्रे बनेपातर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ००६६ नम्बरको बसका चालक धादिङ सिद्धलेख गाउँपालिका-१ बस्ने ४३ वर्षीय भीम बहादुर सिलवाल र सहचालक पर्सा परवानिपुर गाउँपालिका-१ बस्ने ४२ वर्षीय जमिल अख्तर मनसुरी रहेका छन् । अनुमति बिना बस चलाएको पाइएपछि सह-चालक जमिलले बस छाडिदिनु पर्‍यो भनि उक्त नगद दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उक्त बसमा सबार २९ जना ब्यक्तिहरुलाई गन्तब्यसम्म पुर्‍याउन आवस्यक व्यबस्था गरी पठाईएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस