असार १०, बाँके । बाँके जिल्लामा असार ८ गतेदेखि लकडाउन केही खुकुलो भए संगै अपराधी गतिविधि समेत बड्न सक्ने कुरालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले चेकजाँचलाई निरंतर तीब्र पारेको छ । लकडाउन केही खुकुलो भए संगै समाजमा अपराधी गतिविधि समेत प्रयास हुनसक्ने भएकोले चेकजाँच तीब्र बनाएको हो ।
अपराधीक घटना केन्द्रित ठाँउलाई चेकजाँच तीब्र बनाएको प्रहरीले जनाएको छ । यसै क्रममा असार ८ गते नेपालगन्ज उपमहानगरपालिका २० राझा स्थितमा केही होटल तथा रेस्टुरेन्टमा चेकजाँच गर्ने क्रममा पुर्ण होटल तथा रेस्टुरेन्टका संचालक सहित २ जना महिला र ४ जना पुरुषहरुलाई अभद्र ब्यवहार गरेको कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।