• २०८२ जेष्ठ २ गते बिहिवार

माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौँ । निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नयाँ दल ‘नेकपा (एकीकृत)’ दर्ता भएको हो ।

निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ । गत जेठ ३० गते बसेको आयोगको बैठकको निर्णयअनुसार उक्त दल दर्ता भएको हो । आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा उक्त दल दर्ता भएको छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

निर्वाचन आयोगका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

प्रतिक्रिया दिनुहोस