• २०७९ माघ २५ गते बुधवार

पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेन समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।

खेलको दोस्रो मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा फोर्सवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनलाई २-० को अग्रता दिलाए । ६१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई २-१ को स्थितिमा ल्याए । खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई २-२ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा भिक्टरले गोल गर्दै स्विडेनलाई ३-२ गोलको जित दिलाए ।

यस जितसँगै समूह ई को स्विडेनले ३ खेलमा ७ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस