• २०८१ जेष्ठ ३१ गते बिहिवार

राष्ट्रिय युवा संघ नेपाल १५ वडाको राहत वितरण सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले यस्तो विषम परस्थितिमा भोकले कोही मान्छे नमरोस भनेर राहत बाड्ने कार्य आज बाट सुरु गरिएको छ । १५ वडा भित्र बसोबास गर्ने एकदमै निमुखाहरु खानलाई गाह्रो भएको खबर प्राप्त हुन साथ राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले उक्त सबै परिवारहरुलाई राहत उपलब्ध गराइएको हो ।

यस्तो विषम परस्थितिमा मानिसहरु कोभिड-१९ संग लडिरहेको त छदै छ तर भोकसंग कोहि पनि लड्न नपरोस् भनेर राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले यो कार्यक्रम ल्याएको हो । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा यो कार्यक्रम लकडाउन अबधि भरी निरन्तर चलिरहेने जानकारी गराउदै मानव जीवन रक्षाको लागि सहयोग गर्ने दाताहरु हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै सहयोग गर्न इच्छुक दाताहरु लाई सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गरेको छ।

No description available.

प्रतिक्रिया दिनुहोस