चैत्र ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन् । कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीका अनुसार पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा एकजनाको मृत्यु भएको छ । हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा ६३ जनामा कोरोनाको भाइरस थप भएको छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडौं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।