• २०८१ साउन ३ गते बिहिवार

धारिलो हतियार प्रहार गरि गम्भीर घाइते, दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२,काठमाडौं। काठमाडौंमा झापाका एक युवकमाथि आफ्नै साथीहरुले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन् । चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जनले झापा दमकका ३० बर्षीय पदम खड्कालाई आक्रमण गरि गम्भीर घाइते बनाएका हुन् ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरुले खड्कामाथि मंगलबार साँझ आक्रमण गरेका थिए । घटना लगत्तै आक्रमणकारीहरुलाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

प्रहरी अनुशन्धानका क्रममा उनीहरु तीनै जना होटलमा खाजा खान गएको र खाजा खाने क्रममा विवाद भएपछि खड्कालाई थापा र महर्जनले धारिलो हतियार निकालेर प्रहार गरेको खुलेको छ । गम्भीर अवस्थामा रहेका खड्काको अन्नपूर्ण न्युरो अस्पताल थापाथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुशन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस