चैत ११, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा माधवकुमार नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्तत्वसँग प्रतिकल हुने गरी साँठगाठँमा तल्लिन रहेको आरोप लगाउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले ट्वीटरमा लेख्नुभएको छ। ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं !
देशको अस्मितामाथि प्रहार हुँदा पनि प्रधानमन्त्री ओली मौन बसेको नेता रावललको आरोप छ । दार्चुलाको महाकाली किनारमा भारतले एकतर्फी रुपमा संरचना बनाउँदा सरकार चुप रहेको उहाँले आरोप लगाउनुभएको छ ।
‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रधानमन्त्री केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ। सत्ता र कुर्सीका सामु प्रधानमन्त्री केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो-रहस्यमय मौनता! नेता रावलले लेख्नुभएको छ ।