• २०८१ असोज २० गते आइतवार

संसद पुनःस्थापना भएको खुसियालीमा दाहाल–नेपाल समूहको विजय जुलुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं। संसद पुनःस्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंको विभिन्न स्थानबाट निकालिएको जुलुस शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाई–बाई,लगायतका नारा समेत लगाएका छन् । संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड–माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

काठमाडौंको कार्यक्रममा सहभागी हुन प्रचण्ड र माधव नेपाल चितवनको सभालाई सम्बोधन नगरी बिहान काठमाडौं फर्किसम्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस