फागुन १२, दाङ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकका प्रहरी टोलीले मंगलवार बाघको छाला सहित २ जना तुलसीपुर ४ गोठी खोलाबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सल्यानको बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा विकलाई बुधबार दाङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पाटे बाघको छाला अबैध रुपमा ओसारपोसार गरी विक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाका अधारमा खटिएको सादा पोसाकको प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
उनिहरुको साथबाट पुच्छरको भागदेखी टाउको सम्मको लम्बाई ४ फिट ५ ईन्च, घाटीको चौडाई १ फिट, अगाडिको दुबै खुट्टा फट्टाएर नाप्दा ४ फिट २ ईन्च लम्बाई, पछाडिको खुट्टालाई फट्टाएर नाप्दा ३ फिट ३ ईन्च लम्वाई, पेटको भागको चौडाई १ फिट ११ ईन्च रहेको बाघको छाला १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै उनिहरुको साथबाट समासुम, लाभा र भिभोको १-१ वटा गरी ३ वटा मोबाईल र रा .४ प . ८८४७ नंम्वरको कालोरातो कलको पल्सर मोटरसाईकल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ । बाघको छालासहित पक्राउ परेको उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाउने तयारी भईरहको प्रहरीले जनाएको छ ।