• २०८१ मङ्सिर २४ गते सोमवार

 प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति गगन थापाद्धारा खुसी व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२,काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ । मङ्गलवार सर्वोच्चको फैसलापछि ट्वीट गर्दै नेता थापाले भन्नुभएको छ, ‘संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ ।

साथै उहाँले अदालतको यस निर्णयले न्यायालय प्रतिको भरोसा थप बढेको बताउनुभएको छ । गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया दिनुहोस