• २०८० फाल्गुन १० गते बिहिवार

त्रिभुवन विमानस्थल अगाडि बसको ठक्करबाट पैदलयात्री घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । त्रिभुवन विमानस्थल अगाडि बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । बा५ख ४९५९ नम्बरको बसको ठक्करबाट रुकुमपश्चिम घर भएका चन्द्र बहादुर पुनमगर घाइते भएका हुन ।

उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ । बोल्न सक्ने अवस्थामा नरहेका उनको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा प्रहरीले उनको पहिचान गरेको छ । बस चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस