माघ ११, गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री एबम् नेकपा (ओली समुह) का प्रबक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले कार्यकारी अध्यक्ष पदलाई गलत तरिकाले प्रयोग गरेकाले नेकपामा समस्या निम्ताएको बताए । नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी गुल्मी (केपी समुह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवलीले प्रचण्डले नेकपाको भन्दा पनि गुटको राजनीतिले पार्टीमा समस्या उत्पन्न भएको बताए ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत कार्तिक २८ गते प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी अरोप पत्र दर्ता गरेकै कारण पार्टीमा यो अबस्था आएको बताए । उनले कुनै सैद्धान्तीक बिमतीको कारण नभई पार्टीको सचिबालयमा रहनु भएका केही नेताहरुको अधैर्यताको कारण नेकपामा अप्ठारो परिस्थिति श्रृजना भएको बताए ।
सरकारले राम्रो काम गर्ने अबसर नपाएका कारण प्रतिनिधि सभाको बिघटन गरेको भन्दै नयाँ जनादेशमा जानुको बिकल्प नरहेको उनले बताए । ज्ञवालीले नेकपाको पछिल्लो राजनितिक घटनाक्रमको बारेमा चिन्ता गर्दै सबै पार्टी कार्यकर्ताहरुलाई कुनै दिन घुम्तिमा भेट हुने हिसाबले ब्यबहार गर्न आग्रह गरे । उनले गालि गलौज आरोप प्रत्यारोग गर्ने जिम्मा अर्को समुहलाई दिन कार्यकर्तालाई आग्रह गरे । गत भदौसम्म प्रधानमन्त्री केपी ओलीले राम्रो काम गरेको प्रशंसा पार्टी कमिटीले गरेको बताए । तर ३ महिनामै आकाश खस्ने गरि के बिग्रिएको छ भन्दै बिरोधी तत्वहरुलाई मन्त्री ज्ञवालीले प्रश्न गरे । सरकारले गरेका राम्रा कामहरुको चर्चा नभएको बताए ।
मन्त्री ज्ञवालीले सरकारले आगामी दूई बर्ष भित्रमा प्रत्येक स्थानीय तहमा न्यूनतम पाँच देखि १५ सैया सम्मको अस्पताल निर्माण गरेरै छाड्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले तीन बर्षको समय अबधिमा जनप्रक्षिय काम गरेको दाबी गरे । देश प्रतिनिधि सभाको निर्वाचनमा गएकाले बैशाख १७ र २७ गते निर्वाचन हुने बताए । देश प्रतिनिधि सभाको निर्वाचनमा गइसकेकाले आन्दोलनको कुनै अर्थ नभएको बताए । उनले आन्दोलनरत पक्षलाई आन्दोलन त्यागी निर्वाचनको माहोलमा लाग्न आग्रह गरे ।