• २०७९ असोज ९ गते आइतवार

युवा पनि राजनीतिमा आउनुपर्छ : लिङ्देन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । तुलसीपुरमा आज भएको आमसभामा उहाँले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ । गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस