• २०८१ चैत्र १० गते सोमवार

सचिवका आकांक्षी महेश बस्नेतले भने; देशभरका पपुलर भोट ल्याएर जित्छु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । एमालेको सचिव पदका लागि युवा नेता महेश बस्नेतले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै उनले पपुलर भोट ल्याएर जित्ने दावी गरे ।

एमाले पार्टी युवामैत्री छ भन्ने सन्देश दिनका लागि समेत आफूले सचिवमा उम्मेदवारी दिएको बताए । अध्यक्षदेखि उपमहासचिवसम्मका पदहरू सम्मानित नेताहरूलाई छोडेर आफूले लो प्रोफाइलको तर धेरै काम गर्न सकिने जिम्मेवारी रोजेको उनको भनाइ छ ।

बस्नेतले भने, ‘म आन्दोलनबाट खारिएरआएको नेता हुँ, देशभरिका एमाले कार्यकर्ताले मलाई माया गर्नुहुन्छ । पपुलर भोट ल्याएर जित्ने विश्वास छ । तपाईंलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको आशिर्वाद छ रु भन्ने पत्रकारको प्रश्नमा बस्नेतले घुमाउरो जवाफ दिए ।

उनले भने, ‘यसपाली प्यानलगत प्रतिस्पर्धा नभएकाले अध्यक्ष ओलीले कसैलाई पनि संकेत गर्ने वा आशिर्वाद दिने अवस्था छैन । सबैलाई वस्तुस्थितिको विश्लेषण गरेर अगाडि बढ्न सुझाव दिनुभएको जस्तो लाग्छ । मेरो हकमा उहाँको सधैँ सदासहायता छँदैछ । भोलि त्यस्तो अवस्था आयो भने मैले पक्कै पनि उहाँले शुभेच्छा दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस