कात्तिक ६, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रका जनतालाई राहत वितरण सुरु गर्ने भएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मीप्रसाद जोशीको नेतृत्वमा बझाङ, बैतडी, डोटीका बाढी प्रभावितलाई राहत वितरण गरिन लागेको हो । ती क्षेत्रमा हेलिकप्टर मार्फत् राहत वितरणका लागी पठाउन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी ले रातोपाटीलाई जानकारी दिइन् । बझाङको थलारा र छान्ना गाउँपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिने उनले बताइन् ।
त्यस्तै बैतडीको सिगास गाउँपालिका,डोटीको आदर्श र सायल गाउँपालिका बाढी प्रभावितलाई राहत वितरण गरिने छ । डोटीमा वितरण गरिने राहतलाई जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाएर बझाङ र बैतडी प्रस्थान गरिने मन्त्री जोशीले बताइन् ।
सबैलाई १ महिना पुग्ने गरी खाद्यान्न वितरण गरिने उनको भनाइ छ । तथ्याङ्क आउन बाँकी छ । बाढीले बढी क्षति पुगाएको क्षेत्रमा मात्र राहत वितरण गरिन थालेको हो । पहाडी क्षेत्रको सडक खुलेको छैन उनले भनिन्,त्यतिन बेलासम्म तथ्याङ्क सङ्कलन पनि सकिन्छ सोही अनुसार सबै बाढी पीडितलाई राहत वितरण हुन्छ । राहत प्याकेजमा चामल नुन तेल चिनी साबुन, टुथपेस्ट, टेन्ट र स्वास्थ्य सामाग्री रहेको उनले बताइन् । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सो क्षेत्रमा अनुगमनका लागी जाने मुख्य मन्त्री कार्यालयले जनाएको छ ।